सुनसरी । नेपाल राइजिङ र कर्मयोग फाउन्डेसनको सहयोगमा भोक्रहा नर्सीङ गाउँपालिकाका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ।
हालैको अविरल वर्षाका कारण गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा व्यापक जनधनको क्षति पुगेको प्रति दु:ख व्यक्त गर्दै १०० घरधुरीलाई राहत सामग्री वितरण गरिएको हो।
राहत वितरण कार्यक्रम बराहक्षेत्र नगरपालिका–१० का अध्यक्ष तेजबहादुर गुरुङ, समाजसेवी भीम कटुवाल, रमेश कुमार कार्की, स्थानीय युवा नेता जमालुधीन मन्सुरी र हैदर अली, प्रहरी प्रशासन तथा जनता युवा क्लबका स्थानिय युवाहरूको सक्रिय समन्वयमा सम्पन्न गरिएको हो।
वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, तेल, स्वासीन, नुन, चिउरा, डालमोठ, बाल्टीलगायतका अत्यावश्यक वस्तुहरू समावेश थिए।
प्रभावित क्षेत्रका लागि राहत ल्याउन पहल गर्ने वडाअध्यक्ष तेज गुरुङ र समाजसेवी भीम कटुवालप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।


