सुनसरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको रामधुनी  शाखाको २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

रामधुनी शाखाको साधारणसभा रामधुनीको कल्पवृक्ष पार्टी प्यालेशमा रामधुनी शाखाले आफ्नो  २४ औं बार्षिक साधारण सभा गरेको हो ।

मुख्य कार्यालय इटहरीमा रहेको यस सहकारी संस्थाका सुनसरीका विभिन्न स्थानमा सेवा केन्द्रहरू सञ्चालनमा छन्। तीमध्ये बराहक्षेत्र नगरपालिका–चतरा, बाङ्गे, राजाबास,तरहरा ,इटहरी, पुर्वी गैसार र खनार शाखाको साधारणसभा गरिसकेको छ ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। आर्थिक २०८१/८१ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति खेमनाथ न्यौपानेले  प्रस्तुत गर्नुभएको थियोे ।

संस्थाको हाल संस्थामा २४ हजार ४३२  जना बढी शेयर सदस्य रहेका छन् भने जम्मा कोष १६ करोड ८१ लाख ४२ हजार ४३९ रुपैयाँ पुगेको छ। त्यस्तै शेयर पुँजी १४ करोड ६७ लाख ५३ हजार रुपैयाँ रहेको छ।

साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष शालिकराम ढकालले सहकारीले कृषक समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा विस्तार गर्ने योजना रहेको समेत उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा संस्थाका १२ जना सदस्यलाई सम्मान गरिएको थियो। प्रधान कार्यालय इटहरीमा केन्द्रीय साधारणसभा भोलि असोज कात्तिक २५ गते गरिने भएको छ।IMG-20251010-WA0053

कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, प्रमुख सल्लाहकार कृष्ण विनोद लम्साल , सल्लाहकार पेशल कुमार लम्साल , रामधुनी सेवा केन्द्र प्रमुख धिरेन्द्र कुमार चौधरी,विभिन्न सेवा केन्द्रका प्रमखहरू , संस्थाका पदाधिकारीहरू तथा शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

1760118126220