इटहरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको बताउनुुभएको छ । बाढी पहिरोका कारण विपद्को चपेटामा परेको इलामको निरीक्षणका लागि आइपुग्नभएका मन्त्री घिसिङले तीनै तहका सरकार, दातृ निकाय, नीजि क्षेत्र सबैको ध्यान यहाँ केन्द्रित होस् र इलामलाई पुुरानै स्थितिमा उभ्याउन सकियोस् भनेर सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको बताउनुुभयो । मन्त्री घिसिङले मेची राजमार्गको राजदुवालीस्थित माईखोला माथिको पहिरोग्रस्त क्षेत्रको निरीक्षणपछि तत्कालका लागि सडक सुुचारु गराउने काम भइरहेको र यसको दीर्घकालिन उपाय खोजिने बताउनुुभयो । मन्त्रीसँगै रहनुुभएका गृहसचिव रामेश्वर दङ्गालले पहिलो चरणको विपद्बाट उद्धार, राहत र अस्थायी पुनस्र्थापनापछि दीर्घकालिन पुुनस्थापनाको पाटोमा काम गरिने बताउनुुभयो । भौतिक पूर्वाधार सचिव केशबकुमार शर्माले अहिले मेची राजमार्ग सुुचारु गराउन तत्कालका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । मन्त्री घिसिङले रोङ गाउँपालिका, सूूर्योदय नगरपालिका हुँदै मेची राजमार्गको माईखोला लगायतका स्थानको निरीक्षण गर्नुभयो । मन्त्री घिसिङले रोङ र सूूर्योदय नगरपालिकाका प्रमुख–उपप्रमुखसँग पनि विपद्का विषयमा छलफल गर्नुभएको छ । मन्त्रीसँग विपद्को वस्तुगत जानकारी गराएर पुनः निर्माणका लागि सहयोगको माग गरिएको रोङ गाउँपालिका प्रमुख मनिकुमार स्याङ्बोले बताउनुुभयो । गृहमन्त्री ओमप्रकाश अर्यालको भम्रण भने पछिल्लो समयमा आएर स्थगित भएको बताइएको छ ।


