काठमाडौं / भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको वातावरण बिगार्ने समूहका रूपमा ‘टिओबी ब्लड (TOB Blood)’ को नाम सार्वजनिक भएको छ।
फेसबुकमा यसको अर्थ ‘Tibetan Original Blood’ लेखिएको छ र ‘फ्री तिब्बत’ समर्थन गर्ने समूहका रूपमा परिचित छ। इन्टाग्राममा पनि सो नाममा सक्रिय समूहले नेपोबेबी अभियानदेखि नै सक्रियता देखाएको प्रहरीले जनाएको छ।

आन्दोलनमा सहभागी युवाहरूले टिओबी लेखिएको कालो टिसर्ट र कालो झन्डा बोकेका थिए। प्रहरीका अनुसार उनीहरू बाइक पड्काउँदै भीडमा प्रवेश गर्ने र माहौल बिगार्ने गतिविधिमा संलग्न देखिएका छन्।
समूहको नेतृत्व तेन्जिङ दावा नामका ट्याटु आर्टिस्टले गरेका छन्। उनका सहकर्मी बिराज खड्का र हाकिम गुरुङले आन्दोलनमा सहभागी भएको स्वीकार्दै तोडफोड नगरेको दाबी गरेका छन्।
सुरक्षा निकायले हाल पनि TOB समूह र तिब्बत समर्थक संगठनहरूसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान जारी राखेको जनाएको छ।


