इटहरी । लायन्स क्लब इन्टरनेशनलले विश्व मानसिक स्वास्थ्य सप्ताह (अक्टोबर ४–१२) को अवसरमा सम्पूर्ण क्लबहरूलाई सचेतना कार्यक्रम आयोजना गर्न निर्देशन दिएअनुसार न्यु भिजन एजुकेसन सोलुसन, इटहरीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्टृक्ट ३२५–सी, एरिया ४, रिजन ८ अन्तर्गत आयोजित उक्त कार्यक्रम रिजन चेयरपर्सन लायन भूपराज पुरीको अध्यक्षता तथा डिस्टृक्ट एडमिनिस्ट्रेटिभ चीफ लायन लोकेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा डिस्टृक्ट पब्लिकेसन चिफ लायन मुक्तिनाथ घिमिरे, एरिया कोअर्डिनेटर लायन टङ्क फुयाललगायतका अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हालका युवाहरूमा बढ्दो नैराश्यता, एक्लोपन र मानसिक दबाबका कारण उत्पन्न भइरहेका चुनौतीबारे छलफल गरिएको थियो । साथै, लोकसेवा तयारीमा रहेका विद्यार्थीहरूको मनोबल मजबुत बनाउन उद्देश्य राखिएको यस कार्यक्रममा मानसिक स्वास्थ्य प्रशिक्षक लायन मौसम कोइरालाले प्रशिक्षण प्रदान गरेका थिए ।IMG_20251011_231915

रिजन ८ अन्तर्गतका आठवटा क्लबहरूको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ इटहरी तरहरा अध्यक्ष लायन पवन अधिकारी, इटहरी ग्रीन सिटी अध्यक्ष लायन शान्ता थापा कोइराला, इटहरी सिटिजन अध्यक्ष लायन दिवस गौतम, इटहरी न्यू भिजन अध्यक्ष लायन सुरेश धमला, र इटहरी मनकामना क्लबका फस्र्ट भाइस प्रेसिडेन्ट दीपक पुरी लगायत पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

IMG-20251011-WA0013