इटहरी । रामधुनी नगरपालिका–३ स्थित सिँगिया चौतारी टोलमा नमुना साँस्कृतिक युवा क्लबको आयोजनामा यस वर्षको तिहार तथा छठ पर्वको अवसरमा भव्य देउँसी भैलो साँस्कृतिक कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। क्लबले पाँच वर्षदेखिनै प्रत्येक चाडपर्वमा स्थानीय बालबालिकाको कला, संस्कृति तथा प्रतिभा उजागर गर्ने उद्देश्यले देउँसी भैलो कार्यक्रम गर्दै आएको हो। क्लबका अध्यक्ष उमेश दाहालका अनुसार यस वर्षको कार्यक्रमलाई अझ भव्य र सशक्त बनाउन तयारी भइरहेको छ। ूतिहारको अवसरमा हामी प्रत्येक वर्ष झैँ यस पटक पनि विभिन्न सांस्कृतिक नृत्य, नाटक तथा अन्य मनोरञ्जनात्मक क्रियाकलाप प्रस्तुत गर्नेछौं,ू अध्यक्ष दाहालले जानकारी दिए। नृत्य प्रशिक्षक सागर तामाङका अनुसार यस क्लब बाट विगतमा स्थानीयदेखि जिल्ला स्तरसम्म आयोजना भएका नृत्य प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले भने, ूभोजपुर, वीरगञ्ज, हेटौंडा, सिमरा, बारा, पथलैया जस्ता विभिन्न ठाउँमा आयोजित नृत्य प्रतियोगितामा हाम्रो क्लब विजेता बन्न सफल भएको छ। आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिनेछौं।ूनमुना साँस्कृतिक युवा क्लबले संस्कृति जगेर्ना, बालबालिकाको क्षमता विकास तथा सङ्कलित रकम बाट समाजमा सहयोग र सामाजिक कार्य गर्दै आएको छ ।


