सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता को समुद्घन भएको छ । आज सुरुवात खेल मा जनता भेट्रान्स फुटबल क्लबको जित भएको छ । खेल मा दुबै टिमले एक एक गोल गरेकाे थियो बराबरि भए पछि पेनाल्टि मा जनता भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे हो । जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिका वडा -१० को वडा अध्यक्ष तेज बहादुर गुरुङ , बिशिष्ट अतिथिको रुपमा बराहक्षेत्र नगरपालिका वडा -८ का वडा अध्यक्ष रोशन खड्का लगाएत बिभिन्न संघ सस्थाको पद अधिकारी , स्थानिय , समाजसेबि ,  सुरक्षाकर्मी , सन्चारकर्मी , आयोजकका सम्पुर्ण पद अधिकारि हरु शैक्षिक एवम् बौद्दिक ब्यक्ति हरुको बक्लो उपस्थित मा आज को खेल समुद्घाटन भएको हो । खेल मा  जनता भेट्रान्स फुटबल क्लबको गोल रक्षक जय नारायण चौधरीले म्यान अफ द म्याच’ पाउन सफल भएको छ । भोलि हुने खेल मिल्स भेट्रान्स फुटबल क्लब बिराटनगर भर्सेस सुन्दर भेट्रान्स फुटबल क्लब सुन्दहरैचा बिच हुने छ ।

प्रकाशपुर भेट्रान्स क्लबको आयोजनामा आगामी असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ।

क्लबका खेलकुद संयोजक सन्तोष आचार्यका अनुसार, प्रतियोगितामा विजेता टोलीले नगद ५० हजार १०० रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्। यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ शीर्षकअन्तर्गत रु १,१११ पुरस्कार प्रदान भनि जानकारी दिनु भयो । 

क्लबले विभिन्न सङ्घ–संस्था र स्थानीयको सहयोगमा प्रतियोगिताको तयारी पूरा गरेको बताएको छ। आयोजकका अनुसार भेट्रान्स कपले प्रकाशपुर क्षेत्रको खेलकुदमा नयाँ ऊर्जा थप्ने र अनुभवी खेलाडीबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।