सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा तेश्रो दिन को खेल मा नेता चोक टाईगर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुबै टिमले एक एक गोल गरि पछि खेल टाइब्रेकरमा पुगेको थियो भने टाइब्रेकरमा ४-२ गोल गर्दै नेता चोक भेट्रान्स फुटबल क्लब सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को तेश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा स्थानिय समाज सेवि रबिन कुमार घिमिरे रहनु भएको थियो भने,
अतिथिको रुपमा समाजसेवि , खेल प्रमी लगाएत स्थानिय ब्यक्ति हरुको उपस्थिति रहेकाे थियो । खेल मा नेता चोक भेट्रान्स फुटबल क्लबको को गोल रक्षक बिस्व बन्धु बोहोराले म्यान अफ द म्याच’ पाउन सफल भएको छ । भोलि हुने खेल दुहवि भेट्रान्स फुटबल क्लब भर्सेस प्रकासपुर भेट्रान्स फुटबल क्लब बिच हुने छ ।
प्रकाशपुर भेट्रान्स क्लबको आयोजनामा असोज २७ गतेदेखि सुरु भएको र कात्तिक २ गतेसम्म खेल हुने छ । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ।
क्लबका खेलकुद संयोजक सन्तोष आचार्यका अनुसार, प्रतियोगितामा विजेता टोलीले नगद ५० हजार १०० रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्। यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ शीर्षकअन्तर्गत रु १,१११ पुरस्कार प्रदान भनि जानकारी दिनु भयो ।
क्लबले विभिन्न सङ्घ–संस्था र स्थानीयको सहयोगमा प्रतियोगिताको तयारी पूरा गरेको बताएको छ। आयोजकका अनुसार भेट्रान्स कपले प्रकाशपुर क्षेत्रको खेलकुदमा नयाँ ऊर्जा थप्ने र अनुभवी खेलाडीबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।


