इटहरी । इटहरी वडा नम्बर ४ स्थित आइतबारेस्थित दुर्गा पार्टी प्यालेस नजिकै ‘नेपाली जुत्ता घर’ नामक नयाँ जुत्ता पसल सञ्चालनमा आएको छ। यही असोज २९ गतेदेखि शुभारम्भ गरिएको उक्त पसलमा नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरू सुलभ मूल्यमा उपलब्ध गराइएका छन्।

‘नेपाली जुत्ता घर’ का सञ्चालक मातृका प्रसाद नेपालकाअनुसार उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ। शुभारम्भ अफर अन्तर्गत बजार मूल्यभन्दा आधा सस्तोमा जुत्ता र चप्पल खरिद गर्न सकिने बताइएको छ। साथै, विभिन्न मोडलका जुत्ता चप्पलहरूमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ।

पसलमा बालबालिका, गृहिणी, युवायुवतीदेखि वृद्धवृद्धासम्मका लागि उपयुक्त नेपाली ब्राण्डका एक हजारभन्दा बढी मोडलका जुत्ता–चप्पलहरू उपलब्ध छन्।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न र ग्राहकहरूलाई गुणस्तरीय वस्तु सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले ‘नेपाली जुत्ता घर’ सुरु गरिएको हो ।IMG-20251016-WA0009

इटहरीवासीका लागि यो पसलले एकै ठाउँमा सबै प्रकारका जुत्ता–चप्पल छानी–छानी किन्न सकिने नयाँ गन्तव्यका रूपमा काम गर्ने छ।  इटहरीमा खुोल्न नेपाली जुत्ता घरकाे सञ्चालनमा अवरोध नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको थियोे  । उच्च अदालतका न्यायाधिसहरु गणेश ठाकुर र कैलाश गुरुङले नेपाली जुत्ता घरले सञ्चालनमा ल्याउन लागेको पसल सञ्चालनमा अवरोध नगर्न आदेश दिएका हुन् । 

निवेदक मात्रीका प्रसाद नेपाल र विपक्षीहरू इटहरी उपमहानगरपालिका लगायत दुवै पक्षसँगको छलफल पछि पसल सञ्चालन गर्नेगरि २२ गते आदेश दिएको थिए । नेपाली जुत्ता उद्यमी समूह प्राली सँगको सहकार्यमा नेपालले सञ्चालन गर्न लागेको पसलमा इटहरी उपमहानगरपालिकाको नगर प्रहरीले हस्तक्षेप गरेर सामान जफत गरेको थियो । IMG-20251016-WA0010