सुनसरी | बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । भोलि को फाइनल खेल " जनता  भेट्रान्स फुटबल भर्सेस प्रकासपुर भेट्रान्स फुटबल " बिच हुने छ । दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरेकाे थियो भने र सुन्दर भेट्रान्स फुटबल क्लब -३ गोल गरेकाे थियो । खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरि जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को दोश्रो सेमिफाईनल खेल मा सभापति को रुपमा क्लबको समाजसेबि राजकुमार राई रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्ष पिताम्बर तिमिल्सिना  रहनु भएको थियो भने,

 अतिथिको रुपमा समाजसेवि , खेल प्रमी  लगाएत स्थानिय ब्यक्ति हरुको उपस्थिति रहेकाे थियो । खेल मा सर्वाधिक गोल कर्ता प्रकासपुर भेट्रान्स फुटबल क्लबको को जर्सी नम्बर -११ का बिमल कार्की ले म्यान अफ द म्याच’ पाउन सफल भएको छ ।

प्रकाशपुर भेट्रान्स क्लबको आयोजनामा असोज २७ गतेदेखि सुरु भएको र भोलि कात्तिक २ फाइनल खेल हुने छ । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ।

क्लबका खेलकुद संयोजक सन्तोष आचार्यका अनुसार, प्रतियोगितामा विजेता टोलीले नगद ५० हजार १०० रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्। यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ शीर्षकअन्तर्गत रु १,१११ पुरस्कार प्रदान भनि जानकारी दिनु भयो । 

क्लबले विभिन्न सङ्घ–संस्था र स्थानीयको सहयोगमा प्रतियोगिताको तयारी पूरा गरेको बताएको छ। आयोजकका अनुसार भेट्रान्स कपले प्रकाशपुर क्षेत्रको खेलकुदमा नयाँ ऊर्जा थप्ने र अनुभवी खेलाडीबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।