इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गर्नुभएको छ । आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गर्नुभएको हो । उहाले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । हर्क साम्पाङले माटो चूनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताउनुभयो । उहाले देशमा अप्ठेरो काम गर्न आफु आएकाले अव देशलाई अघि बढाउन आफुले भूमिका खेल्ने जिकिर गर्नुभयो । जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफु काठमाडौं आएपनि जेनजी भित्रको विवादले आफु धरान फर्किएको उहाको भनाइ छ ।


