इटहरी । नेपाल पत्रकार महासंघ धनकुटाले आसन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पत्रकार महासंघ धनकुटाले हरेक वर्ष काग तिहारको दिन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएको छ। सोही अनुसार शुभदिपावली, नेपाल सम्बत, छठ, वाढाङ्मी, चासोक तङ्नाम, उधौली लगायत पर्वहरुको अवसरमा शुभकामना आदानप्रदानको आयोजना गरेको हो। पत्रकार महासंघ धनकुटाले गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रममा आगन्तुक पाहुनालाई फुलको गुच्छा दिँदै शुभकामना आदान प्रदान गरिएको गर्ने गरिएको छ । कागतिहारलाई यम दुतको रुपमा पुजा गर्ने गरिन्छ। यमराज र उनकी बहिनी यमुनाका बिचमा कागले सुचनाको काम गरेको सोही अनुसार कागको पुजा गर्ने गरिन्छ। पत्रकारको काम पनि सुचना र सञ्चारको भएको हुँदा कागतिहारको दिन शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने गरिएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताउनु भयो। कार्यक्रममा कोशी प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी शिवरा गेलाल, जल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसस्थाका प्रमुख तथा पत्रकारको सहभागीतामा शुभकामना आदान प्रदान गरिएको हो।