इटहरी । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर अन्तरगत सैनीक अस्पताललाइ सेनाकै मातहतमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रका पदाधिकारीहरूले सुविधा सम्पन्न बिद्युतीय इ रिक्सा ( सिटि सफारी ) हस्तान्तरण गरेका छन् । केन्द्रको प्रांगणमा एक कार्यक्रम गरि पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापती उपरथी गौरव कुमार केसिलाइ उक्त इ रिक्सा हस्तान्तरण गरिएको हो । इटहरीको बिभिन्न क्षेत्रबाट बिरामीहरूलाइ छिटो भन्दा छिटो सैनिक अस्पताल सम्म पुर्याउन र छरितो सेवा प्रदान गर्न यातायातको साधन स्वरूप सिटि सफारी हस्तान्तरण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका अध्यक्ष दिवश पोख्रेलले बतउनुभयो ।
सर्पदंश उपचार केन्द्र र सैनिक अस्पताल सेनाको ब्यारेक हाता भित्रै रहेपनि दुरी टाढा रहेको र कहिले काहि केन्द्रबाट क्रिटिकल अवस्थाका बिरामीहरू बोकेर सैनिक अस्पताल पुर्याउन सवारी साधनको अभाव रहेको त्यस्तै सैनिक अस्पतालबाट सफल उपचारपछि डिस्चार्ज भएका बिरामीहरूलाइ घर सम्म पुर्याउन मदत पुगोस भन्ने उदेश्यले यो सफारी हस्तान्तरण गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । इटहरीमा सामुदायिक सर्पदंश उपचार केन्द्रको स्थापना भएदेखि हाल सम्म १९ हजार बढी बिरामीहरूको सफल उपचार गरिसकेको छ ।
इटहरीमा सैनीक अस्पताल स्थापना भए देखि हाल सम्म १९ हजार बढी बिरामीहरूले सेवा पाएको र यातायातको साधन अभाव भइदिदा केहि समस्या झेल्नुपरिरहेको अवस्थामा सफारी पाएसंगै केहि राहत महसुस भएको सैनिक अस्पताल इटहरीका कमान्डेट प्राविधिक महासेनानी डा. कुमार रोकाले बताउनुभयो । यातायात सेवा नपाएकै कारण केहि बिरामीहरू सैनिक अस्पताल आइनपुग्दै मृत्यु हुने गरेको घटना सुनाउदै महासेनानी डा.रोकाले सिटि सफारी प्राप्त भएपछि सेवाग्राहीहरूले छिटो भन्दा छिटो स्वास्थय सेवा पाउने उल्लेख गर्नुभयो ।


