इटहरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिव मजदुर किसान लगाएत सवै जनताको रगतबाट मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापीत भएको भन्दै लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको हो । अहिले जेनजी आन्दोलनका क्रममा भएको बितण्डालाई भविष्यमा दोहरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सवै सुध्रनुपर्ने उहाले बताउनुभयो । उहाले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोहि पनि डराउनु नपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादीहरु एकै ठाँउमा उभिनुपर्ने बताउनुभयो । त्यस्तै कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक बिचार भएका दलहरु एकै ठाँउ आउनुपरेको बताउनुभयो । उहाले कांग्रेसलाई एकतावद्ध बनाउदै अघि बढनुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गर्नुभयो । थापाले आफु भक्तपुर जिल्लाको सभापति दुई पटक भएको भन्दै विधान संशोधन गरेर भएपनि तेश्रो पटक सभापति बन्नुपर्ने अवस्था देखिएको उल्लेख गर्नुभयो । अधिवेशनको एक दिनमात्रै जिल्लामा आउने व्यक्तिलाई जिल्ला सभापतिको जिम्मेवारी दिन नसकिने उहाको भनाइ छ ।