इटहरी । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताउनुभएको छ । मंगलबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा तामाङले जेनजी आन्दोलन पनि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताउनुभएको हो । उहाले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताउनुभयो । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धी खासै नरहेको उहाको भनाइ छ ।

उहाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धी जेन–जी आन्दोलनबाट लिन नसकिएको तर्क गर्नुभयो । साथै, नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको पनि बताउनुभयो । तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरुले स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दललाई विश्वास दिलाउन सक्नुपर्ने उहाले बताउनुभयो ।

जेन–जीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिराखेको र उक्त कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि नेता तामाङले बताउनुभयो । उहाले संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भंग गर्नुपर्नेमा जेन–जीहरुको आन्दोलन हाइज्याक भएर हतारमा संसद् विघटन गरिएको जिकिर गर्नुभयो ।