सुनसरी | सुनसरीको कोशी गाउँपालिका -३,जमुवाचौक स्थित नवनिर्माण  प्रवेशद्वारमा गरिएको नामाकरनले  धर्म र जातीय विवाद, समाजमा शुशासनको भङ्ग  र  जनमानसमा आक्रोश र आतंकको बिचार बढेकोले नामाकरन लाई परिवर्तन र मेटिने निर्णय  भै सक्दा पनि अझै मेटिएको छैन। केही ब्यक्तीहरु अझै पनि सामाजिक संजालमा  प्रवेशद्वारको भिडियो र फोटो  हाल्दै गर्दा धार्मिक  विवाद निम्त्याउन खोजिएको भनी निस्पकक्ष युवाले महसुस गरेको भन्दै बताएका छन । 

निर्मानकर्ता र सम्बन्धित जनप्रतिनिधिहरुलाई  यस्मा चाडो भन्दा चाडो ठोस कदम लिन जरुरी छ । समाजिक संतुलन सामाजिक संजालद्वारा  असन्तुलित गर्ने ब्यक्तीलाई कडा कारबाही होस भनि स्थानिय युवाको माग रहेका छ ।

कोशी गाउँपालिका वडा नम्बर - ३ जमुवा चोक स्थित रा.मा.बि. सोभनपुर जाने बाटो मा निर्माण गरिएको प्रवेश द्वारमा कोशि गाउँपालिका अध्यक्ष घर कै अगाडिको बाटोमा केही महिना अगाडी गेट मा लेखेको नामको विषयले गर्दा हिन्दु समाज का स्थानीय अगुवा हरुले बिरोध जनाउँदै सडक अवरुद्ध समेत गरेको थियो !

उतपन्न बिवाद पश्चात् कोशी गाउँ पालिका का अध्यक्ष एयुब अन्सारी ले एक दुई दिन भित्र नाम सच्चाउने प्रतिबद्धता जनाए पछि  स्थानीय हिन्दु समाज ले  सडक अवरुद्ध हटाइएको थियो तर महिनो बिति सकदा अहिले सम्म नाम नसच्याएको भनि स्थानीय हरु चिन्तित भएको हो ।