इटहरी । तेस्रो इन्टर कलेज टुर्नामेन्ट टि २० को पहिलो खेलमा विश्व आदर्श कलेज बि टिमलाई नमूना कलेज इटहरी ले १०२ रनको विशाल अन्तरले पराजित गरेको छ ।
बिश्व आदर्शले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्न आएको नमुना कलेजले ४ विकेट को क्षतिमा १५५ रन बनाएको थियो । जसमा गौरब कट्वालले २० बलमा ४० रन , राजु बिकले २२ बलमा ३३ र बिपुल शाहले २१ रनको योगदान गरेका थिए बलिङतर्फ विश्व आदर्शका अनिल आचार्य र जस्बिन ढुंगानाले १९१ विकेट लिएका थिए ।
१५६ रन को लक्ष पछयाउने क्रममा विश्व आदर्शले १० ओभर १ बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनायो । आदर्शका तर्फबाट पौल सिग्देलले १२ रन बनाउदा अरु खेलाडीले दोहोरो अन्क जोड्न सकेनन् । नमुना का तर्फबाट बलिङमा प्रकाश कार्कीले ३ ओभर १ बलमा ३ रन खर्चंदै ५ विकेट लिएका थिए । त्यस्तै शुबित मेहताले ३ विकेट र गौरव कट्वाल ले १ विकेट लिए । खेलको म्यान अफ द म्याच प्रकाश कार्की बन्न सफल भए ।
शनिबारै सम्पन्न दोस्रो खेल जनता स्कुल इटहरी र रेड स्टार कलेज पथरी बीच भएको थियो । जनता माबिले रेड स्टार लाई ३ विकेट ले पराजित गरेको छ । रेड स्टारले टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । ८४ रनको लक्ष पाएको जनता माबि ले १५ ओभर २ बलमा ७ विकेटको क्षतिमा ८४ रन बनाउदै लक्ष पार गरेको थियो ।


