इटहरी ।  धनकुटाका सामाजिक अभियन्ता तथा शिक्षाप्रेमी स्व। गणेश कुमार कर्माचार्यको स्मृतिमा अर्धकदको मूर्ति स्थापना गरिएको छ।

समाजसेवा, शिक्षा र व्यापारिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै परिवार तथा स्थानीयवासीको पहलमा मूर्ति स्थापना गरिएको हो। उक्त मूर्ति माघ १७ गते शनिबार अनावरण गरिएको छ। निर्पेन्द्र कुमार मल्लको प्रमुख आतिथ्यता एवं नाती अभिषेक कर्मचार्यको अध्यक्षतामा उक्त मूर्ति अनावरण गरिएको स्व। गणेश कुमारका का नाति आशिस कर्मचार्यले जानकारी दिनुभयो। शिक्षाको महत्त्वलाई विशेष प्राथमिकता दिएका कर्माचार्यले धनकुटा कलेज तथा बालमन्दिर प्राथमिक विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।