इटहरी । झापाको बिर्तामोड नगरपालिकामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिवार बेलुका करिब ८ः२५ बजेतिर बिर्तामोड नगरपालिका वडा नं। ७ खोपवारीस्थित भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो। प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र। १–०१–०१३ प ९१९९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक बिर्तामोड नगरपालिका वडा नं। ७ निवासी अन्दाजी ३५ वर्षीय शुभाष मादेनको मृत्यु भएको हो। मृतकको शव बीएण्डसी अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट करिब ८ किलोमिटर दक्षिण–पूर्वमा पर्दछ। दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


