सुनसरी — भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा आयोजना हुने तेश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। प्रतियोगिता २०८२ माघ २० गतेदेखि २०८२ माघ २७ गतेसम्म सञ्चालन हुनेछ।
भोक्राहा नरसिंह–८ स्थित श्री राष्ट्रिय आवि खेल मैदानमा हुने प्रतियोगिताका खेलहरू दैनिक दिउँसो २:०० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा दुई समूह बनाएर खेल सञ्चालन गरिनेछ। Group–A मा BFC बर्जु, जनता युवा क्लब, मिलन स्पोर्टिङ क्लब र सुनसरी कल्याण समाज सहभागी छन्। त्यसैगरी Group–B मा NBFC इटहरा, मधुवन खेलकुद समिति, सरकार युवा क्लब र आयोजक टिम सहभागी रहनेछन्।
प्रतियोगिताको फाइनल खेल २०८२ माघ २७ गते दिउँसो २:०० बजे हुने तय गरिएको छ। प्रतियोगिताका विजेताले नगद रु. २५,००० तथा उपविजेताले नगद रु. १५,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवामा अनुशासन र आपसी सद्भाव बढाउने उद्देश्य लिइएको छ।


