सुनसरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहयात्रामा जोडिँदै राप्रपा सुनसरी जिल्ला सदस्य तथा संगठन प्रमुख नविन थापा, निर्वाचन क्षेत्र नं. २(क) की अध्यक्ष एन्जिला चौलागाई र सचिव निरा भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

त्यसैगरी (क) जनसम्पर्क समिति संयोजक विकास भण्डारी, इनरुवा–७ का अध्यक्ष रूपन चौधरी र उपाध्यक्ष डुमर लाल चौधरी, रामधुनी–७ का अध्यक्ष मनकर्ण राई तथा सदस्य फेकु लाल चौधरी पनि रास्वपामा आबद्ध भएका छन्।

राप्रपाबाट कोशी प्रदेश सदस्य डम्बर कुँवर, इटहरी–१७ का अध्यक्ष भरत चौधरी तथा नागरिक बचाउ अभियान कोशी प्रदेश संयोजक सरोज कुमार सिंहलाई समेत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अशोक कुमार चौधरीले औपचारिक रूपमा स्वागत गरेका हुन् । 

नवप्रवेशीहरूलाई स्वागत गर्दै रास्वपाका नेताहरूले देश परिवर्तनको यात्रामा यो सहयात्रा अझ बलियो र अर्थपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सुशासन, जवाफदेहिता र जनमुखी राजनीतिका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।