इटहरी । नेपाली काङ्ग्रेस मिक्वाखोला गाउँपालिका कमिटीले गाउँपालिकाको कार्यालयमा ताला लगाएको छ।

  कर्मचारीलाई बर्खास्त गरिएको, अनियमितता एवं भ्रष्टाचार भएको भन्दै गाउँपालिकामा बुधबार कोण सभा गर्दै काङ्ग्रेसले ताला लगाएको हो। प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर लेखिएको पत्रमा यस अघि नै गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई उक्त विषयमा ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ। साथै बिना कसुर कर्मचारी निष्कासन गरिएको, चरम भ्रष्टाचार हुँदै आएको, पालिका नेतृत्वको घमण्डले चरम सीमा नाघेको जनाइएको छ। 

त्यस्तै हाइड्रो कम्पनीले दिने सामाजिक उत्तरदायित्वको बजेटमा अनियमितता देखिएको , विकासका योजना पारदर्शी नभएको उल्लेख गरिएको छ। कोण सभालाई सम्बोधन गर्दै  काङ्ग्रेस गाउँपालिका उपसभापति दिपेन्द्र लिम्बुले वार्ता र संवाद नगरी ताला तोडिए चरणबद्ध आन्दोलन गर्ने  बताउनुभयो। गाउँपालिकामा ताला लगाइएपछि गाउँपालिकाबाट प्रवाह हुने सेवा ठप्प रहेको प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले जानकारी दिनुभयो।