इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १ मा रहेको  एभरेस्ट आवासीय माध्यमिक  विद्यालयले आफ्नो सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड आइ एस ओ  अनुसार अगाडि बढिरहेको जनाएको छ ।

शुक्रबार एक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सो बारे जानकारी दिईएको हो । विद्यालयको सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम एभरेष्ट इन्टरनेस्नल म्यानेजमेन्ट कन्सलटेन्सि एण्ड टे«निङ एजेन्सि काठमाडौंको सहकार्यमा सञ्चालन भएको थियो ।

विद्यालयले आइ एस ओ २१००१ः२०२५ एजुकेस्नल अर्गनाइजेसन म्यानेजमेन्ट सिस्टम प्रमाणिकरण हासिल गर्ने लक्ष्यसहित यो प्रक्रिया अघि बढाएको विद्यालयका प्रिन्सिपल रबिन कन्दङ्गवाले बताउनुभयो । सोहि विषयमा  आयोजित अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक शैलेन्द्र खरेलले आइ एस ओ  प्रणालीको महत्व, विद्यालय व्यवस्थापनमा यसको प्रभाव तथा गुणस्तरीय शिक्षामा हुने सकारात्मक परिवर्तनबारे प्रस्ट पार्नुभएको थियो ।

उहाँले विद्यालय र अभिभावकबीच सहकार्य बलियो बनाउँदै विद्यार्थीहरूको सुरक्षित र उज्यालो भविष्य निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।