इटहरी | बजाज मोटरसाइकलप्रेमीहरूका लागि बजाज ग्रान्ड Exchange मेला इटहरीमा माघ २५ देखि फाल्गुन १ गतेसम्म सञ्चालन हुने भएको छ।
इटहरी मिलनचोक बुढीखोला छेउमा हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।
यस विशेष अवसरमा बजाजका लोकप्रिय तथा नयाँ मोडेलहरू Pulsar N150, Pulsar N160 र Pulsar 220F FI ग्राहकहरूका लागि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएका छन्।
ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल सहज रूपमा खरिद गर्न सक्नेछन्। एक्सचेन्जमा बजारभन्दा उच्च Guaranteed Valuation प्रदान गरिनेछ भने त्यसमा थप रु. ८ हजार सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइनेछ।
यस ग्रान्ड एक्सचेन्ज अफरअन्तर्गत ग्राहकहरूले पाउने सुविधाहरूले Sure-shot उपहार: Helmet र Leg Guard नगद खरिदमा ७ हजार सम्मको निश्चित छुट ,सजिलो फाइनान्स सुविधा: नागरिकता र लाइसेन्सको भरमा छिटो प्रक्रिया र Spot Exchange सुविधा Auto City Bajaj, Itahari द्वारा आयोजित यस ग्रान्ड एक्सचेन्ज कार्यक्रममा सहभागी भई ग्राहकहरूले न्यून डाउन पेमेन्ट, आकर्षक छुट तथा उत्कृष्ट भ्यालुएसनसहित आफ्नो मनपर्ने नयाँ Pulsar घर लैजान सक्नेछन्।
बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी भएको ग्राहक अजय क्षेत्रिले बताउनुभयो । नयाँ सवारीसाधन सस्तोमा पाउँदा निकै खुसी लागेकाले भएको बताउनुभयो ।
ग्राहकहरूहरूलाई सन्तुष्ट बनाएर आफ्ना जुनसुकै कम्पनीका पुराना सवारीहरू अनुभवी र दक्ष भ्यालुएटर बाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न सक्ने बजाज अटोसिटी इटहरीका सञ्चालक जयन्त सन्थलियाले बताउनुभयो ।
यस सीमित अवधिको अफरको लाभ लिन इच्छुक ग्राहकहरू Auto City Bajaj Showroom, Itahari मा समयमै सम्पर्क गर्न अनुरोध गरिन्छ।


