इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं। ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वापा०को संगठनात्मक आधार झनै मजबुत बन्दै गएको छ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालका सुनसरी जिल्ला उपाध्यक्ष हरिशंकर कर्णको नेतृत्वमा विभिन्न नेता–कार्यकर्ताहरू रास्वापामा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा कर्णसहित उनका समर्थकहरूलाई रास्वापाका जिल्ला तथा क्षेत्रीय नेतृत्वले स्वागत गरेका थिए। प्रवेश कार्यक्रममा बोल्दै हरिशंकर कर्णले देशमा सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका कारण रास्वापा रोजेको बताए।
उनले क्षेत्र नं। ३ मा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। रास्वापाका नेताहरूले नयाँ साथीहरूको आगमनले पार्टीलाई संगठन विस्तार र आगामी निर्वाचन तयारीमा थप ऊर्जा मिलेको बताएका छन्।
उनीहरूले क्षेत्र नं। ३ लाई परिवर्तनको आधार क्षेत्र बनाउने लक्ष्यसहित अघि बढ्ने उल्लेख गरे। हालै विभिन्न राजनीतिक दलबाट नेता तथा कार्यकर्ताहरू रास्वापामा आवद्ध हुने क्रम बढ्दै गएको भन्दै पार्टीले यसलाई जनताको विश्वासको परिणामका रूपमा लिएको छ।


