इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यही फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई उत्तेजना र आवेगमा नआई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन् ।

मत हाल्ने बेला व्यक्तिगत रिस, झोक वा उत्तेजनाबाट प्रभावित नहुन आग्रह गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा झापामा नै मत मागिरहेका नेताहरूसँग खुला बहस गर्न तयार रहेको उहाँले बताउनुभयो । आफूहरु जनताका प्रश्नबाट नभाग्ने र जनताका गुनासाहरु सुन्ने शर्माले उल्लेख गर्नुभयो ।

यो निर्वाचन मूलक बदल्ने निर्वाचन भएको शर्माको भनाइ थियो । देशमा पछिल्लो समय विकासका काम अघि बढेको उल्लेख गर्दै शर्माले केही पनि नभएको भन्ने भाष्य गलत भएको दाबी गर्नुभयो । शर्मा बिहीबार साँझ गृह जिल्ला झापा आउनु भएको हो । उहाँ झापा क्षेत्र नं। २ को चुनावी घरदैलोमा सहभागि हुनुभयो । नेपाली कांग्रेसकी नेत्री तथा पूर्व मन्त्री सरिता प्रशाई यहाँबाट उम्मेदवार बन्नुभएको छ ।