इटहरी । सुनसरीको दुहबी नगरपालिका–१० मा आयोजित एक विशेष कार्यक्रममार्फत करिब १०० जना रासवपा , नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।
बिजय कुमार गच्छदारको प्रमुख आतिथ्य तथा मेहेदी हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी कांग्रेस रोजेको घोषणा गरेका हुन्।
कार्यक्रमको अगुवाइ थानेश्वर ओझा, नजाम हुसैन, जाबुल हुसेन तथा सत्यनारायण यादवले गरेका थिए। उनीहरूले कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य र संगठनात्मक सुदृढीकरणप्रति विश्वास व्यक्त गर्दै ठूलो संख्यामा पार्टी प्रवेश गराएको बताएका छन्।
कार्यक्रममा दुहबी–१० का वडाध्यक्ष तुलाराम चौधरी, कांग्रेस वडा सभापति लधुराम चौधरीलगायत स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रमुख अतिथि गच्छदारले कांग्रेस नै लोकतन्त्रको रक्षा र विकासको मूल शक्ति भएको उल्लेख गर्दै नवप्रवेशीहरूलाई पार्टीभित्र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। अध्यक्ष मेहेदी हुसेनले सबैको साथ र सहयोगबाट वडा नं। १० मा कांग्रेसलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

