इटहरी । प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरु प्रदेश निर्वाचन कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतहरुको कार्यालयमा पठाउन शुरु गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय मोरङले निर्वाचन क्षेत्र नंंं. १, क्षेत्र नं २ र क्षेत्र नं ४ मा आवश्यक पर्ने मतपेटिका, घेराबारा लगायत ४९ प्रकारका मतदान सामग्रीहरु पठाउन थालेको जनाएको छ ।

मतपत्र र सुरक्षा सिलहरु पुगिसकेको र छिटै सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाई सकिने निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिनुभयो । उहाले ५१ प्रकारका मतदान सामग्री पठाइने गरिएकोमा यसपटक छाप लगाउदा चाहिने म्याट र झोला आयोगले नपठाएको बताउनुभयो ।

फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरु मतदान केन्द्रमा पुगिसक्ने र राजनीतिक दलहरु संग छलफल गरेर मौनअवधि लगायतको सूचना प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।

मोरङमा ३ सय ६ वटा मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्र सहित ८ सय ९० वटा मतदान केन्द्रहरु रहेका छन् ।