इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा ९एमाले०ले सुनसरी १ बाट टीकाराम लिम्बू ९माङ्लेन० लाई उमेदवारका रुपमा अघि सारेको छ । कानुनमा स्थातक र राजनीतिशास्त्रमा एमए गरेका ४१ वर्षिय लिम्बू अब्बल उमेदवारका रुपमा जनताले चर्चा गर्ने गरेकाछन् ।
लिम्बूका अनुसार उनीसँग नीति र विचार छ । जसले समृद्धिलाई अंगालेको छ । जनताको भावनाबाट निर्माण भएको नीति र विचारको कसिमा काम गर्न उभिएको सेवकका रुपमा उनी आफूलाई मान्छन् ।
२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बुवा देउकुमार लिम्बू ताप्लेजुङको मामाङ्खे गाविसको राप्रपाका तर्फबाट उपाध्यक्षको उमेदवार थिए । एमालेसँग राप्रपाको गठबन्धन थियो । बुवाको चुनावी अभियानमा होमिएका १३ वर्षीय टीका माङ्लेनको मनमा भने एमाले नेता, कार्यकर्ताहरुको हार्दिकता र जनताप्रतिको सम्मानभावले प्रभाव परिसकेको थियो । २०५६ सालमा ९ कक्षामा पढ्दै गर्दा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को सदस्य बने । र, निरन्तर नेकपा ९एमाले० को विचारमा जीवनपर्यन्त लागिरहने प्रण गरे ।
राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी गरिसकेका टीका सिनाम माविबाट एसएलसीपछि २०५८ सालमा इलामस्थित महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्न थालेपछि क्याम्पसको क्लास कमिटीमा रहेर विद्यार्थी राजनीतिमा जोडिए । २०६३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष, २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेर विद्यार्थी आन्दोलनमा स्थापित भए । पछि एमाले वडा कमिटीको सचिव, धरान नगर कमिटी सदस्य हुँदै नगर सचिवालय सदस्यको जिम्मेवारी सम्हाले ।
जिल्ला कमिटि सदस्यको रुपमा जिम्मेवारी निर्वाह गरीसकेका टीकाको यो पहिलो निर्वाचन सहभागिता हो । त्यसैले उनी युवा पनि छन् भने नयाँ पनि छन् । पार्टीले पत्याएर चुनावमा उठाएको छ । तमोर नदीको पानी टनेलमार्फत खानेपानी ल्याउनु पहिलो प्राथमिकता हुने लिम्बू बताउँछन्।
यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सिँचाइ, खानेपानी, यातायात तथा उन्नत सडक विस्तार, नदी कटान नियन्त्रणमार्फत समग्र परिवर्तन ल्याउनु साझा उद्देश्य रहेको उनको भनाइ छ । यस क्षेत्रलाई कोशी प्रदेशकै शैक्षिक राजधानीको रूपमा विकास गर्ने पहल गर्ने उनको योजना छ ।धार्मिक तथा पर्यटकीय सम्भावनालाई समेत उनले प्राथमिकतामा राखेका छन् ।
यस क्षेत्रका मन्दिरहरुसहित दानाबारी, भेडेटारको पर्यटन प्रवर्द्धन, सुलिकोट डाँडाको याक्थुङ मुन्धुम स्थल, विजयपुरका लिम्बुवानकालीन भग्नावशेषको संरक्षण, गोरखा भूतपूर्व सैनिकहरूको सहयोगमा निर्माण भएको ब्रिटिस गोर्खा स्मृति पार्कलाई अध्ययन, अनुसन्धान र पर्यटनसँग जोड्ने योजना पनि उनको एजेन्डामा छ।


