काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।

६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी बन्नुभयो । अघिल्ला दुई निर्वाचनमा जितबाट झिनो मतान्तरले पराजित हुँदै आउनुभएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गर्नुभएको छ ।