सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पश्चात आज मतगण्ना सुरु गरिएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी, काँग्रेसका विजयकुमार गच्छादार र रास्वपाका अशोक कुमार चौधरीलाई प्रमुख प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।
क्षेत्र नम्बर १ को मतगणनाका लागि सवर्दलीय बैठक बसेर गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताउनुभएको छ।


