इटहरी । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतगणना अनुसार खत्री ४२ हजार ३३४ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।

भक्तपुर–२ मा एमालेका महेश बस्नेतले १० हजार ९ सय ९६ मत प्राप्त गर्दा कांग्रेसका कबिर राणाले आठ हजार ४ सय १ मत प्राप्त गर्नुभयो । भक्तपुर २ मा जित हासिल गरेपनि सञ्चारकर्मीसंग कुरा गर्दै राजीव खत्रीले आम जनतामा देखिएको पुस्तान्तरण र रूपान्तरणको नजिता अहिले आएको बताउनुभयो ।

उहाले आफुले जितेपनि कसैले हारको महशुस गर्नु नपर्ने र सवैको सहि मुद्दा र एजेण्डाहरुलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । नियत सफा राखेर आफु भक्तपुरमा आएको भन्दै उहाले आगामी दिनमा भक्तपुरका जनतासंगै मिलेर काम गर्ने धारणा राख्नुभयो । भक्तपुर २ मा ९८ हजार ३ सय ५६ मतदाता रहेकामा ७२ हजार ७ सय ६१ मत खसेको थियो ।