काठमाडौं । नेकपा उमेदवार रेणु दाहाललाई हराउँदै चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वाप० की उम्मेदवार सविता गौतमले शानदार जित हासिल गरेकी छिन् ।

गौतमले ५९ हजार २७७ मत प्राप्त गरेर जित हासिल गर्दा उनकी निकटम प्रतिद्वन्दि दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन्।

नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङ तेस्रो स्थानमा रहेका छन्। गुरुङले ८ हजार ३४४ मत पाएका छन्। चौथो स्थानमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी० एमालेका शंकर राज थपलिया छन्। उनले ५ हजार ४ मत प्राप्त गरेका छन्।