इटहरी  । संखुवासभाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका समयमा सदरमुकाम खाँदबारी ल्याउन नसक्दा यहाँ आज दिउँसोदेखि मात्र गणना थालिएको हो ।

निर्वाचन आयोगका अनुसार एमालेका अर्जुनकुमार कार्की ३७७ मतसहित अग्र स्थानमा छन् । रास्वपाका मिङमा शेर्पा ३०८ मतसहित कार्कीलाई पछ्याइरहेका छन् । दुईजनाबीचको मतान्तर ६९ छ ।

कांग्रेसका दिपनकुमार श्रेष्ठ ९४ मतसहित तेस्रो, श्रम संस्कृति पार्टीकी उमाकुमारी राई ६८ मतसहित चौथो र नेकपाकी सरिता थापा ५८ मतसहित पाँचौ स्थानमा छन् ।