इटहरी । प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार कोशी प्रदेशका ५ जिल्लामा नेकपा एमालेले अग्रता लिइएको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार संखुवासभामा एमालेका अर्जुनकुमार कार्की ३७७ मतसहित अगाडि छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले ३०८ मतका साथ पछ्याइरहेका छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले ९४ र सरिता थापाले ५८ मत प्राप्त गरेका छन् ।
ताप्लेजुङमा एमालेका क्षितिज थेबेले ११ हजार ६९० मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु ९ हजार ६४९ मतसहित दोस्रो स्थानमा छन् । इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । इलाम(१ मा एमालेका काजिमान कागतेले २ हजार ८०३ मत पाउँदा कांग्रेसका निश्कल राईले २ हजार ५८९ मत ल्याएका छन् ।
इलाम(२ मा एमालेका सुहाङ नेम्वाङले १३ हजार ७४२ मतसहित अग्रता बनाएका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राई ११ हजार ११५ मतसहित उनलाई पछ्याइरहेका छन् । धनकुटामा एमालेका राजेन्द्र कुमार राई १३ हजार ७७३ मतका साथ अग्रस्थानमा रहँदा श्रम संस्कृति पार्टीका सानबहादुर राई ९ हजार ६९५ मतसहित दोस्रो स्थानमा छन् ।
यसैगरी, सोलुखुम्बुमा एमालेकी कल्पना राई २ हजार ६९७ मतसहित अगाडि छन् । सोलुखुम्बुमा कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका प्रकाश सिंह कार्कीले २ हजार ४२७ र नेकपाका अशिम राईले २ हजार ४१७ मत प्राप्त गरेका छन् ।


