इटहरी । झापा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ९० जनामध्ये ७८ जनाको जमानत जफत भएको छ, जुन कुल उम्मेदवारको ८६।६७ प्रतिशत हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ, र सोही कारण धेरै उम्मेदवारले जमानत जोगाउन सकेनन्। झापा क्षेत्र नं। ५ मा २४ मध्ये २२ जनाको जमानत जफत भएको छ, जहाँ रास्वपाका बालेन्द्र शाहले नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुभएको छ।

झापा क्षेत्र नं। २ मा १८ मध्ये १६ जनाको जमानत जफत हुँदा रास्वपाकी इन्दिरा रानामगर विजयी हुनुभएको छ भने एमालेका देवराज घिमिरेले मात्र जमानत जोगाउनुभएको छ। झापा क्षेत्र नं। ३ मा १७ मध्ये १५ जनाको जमानत जफत भएको छ र यहाँ रास्वपाका प्रकाश पाठक विजयी भएका छन्। झापा क्षेत्र नं। १ मा १५ मध्ये १२ जनाको जमानत जफत भएको छ, जहाँ नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारले मात्र जमानत जोगाएका छन् र रास्वपाकी निशा डाँगी विजयी हुनुभएको छ।

त्यस्तै, झापा क्षेत्र नं। ४ मा १६ मध्ये १३ जनाको जमानत जफत भएको छ, जहाँ एमालेका एलपी साँवा लिम्बू र नेपाली कांग्रेसका देउमान थेवेले मात्र जमानत जोगाउनुभएको छ र रास्वपाका शम्भु ढकाल विजयी हुनुभएको छ।