इटहरी । नेपाली कांग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उमेदवार डा। शेखर कोइरालाले चुनाव खर्च विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन कार्यालय मोरङमा बुझाइएको विवरणअनुसार कोइरालाको चुनाव खर्च २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको छ ।

प्रचारप्रसार सामग्री छपाइमा १६ लाख ४६ हजार ६०९, स्टेशनरीमा १ लाख ४ हजार ५००, प्रचार प्रसारमा १ लाख १३ हजार, टेन्टमा ४० हजार, यातायातमा ७९ हजार, इन्धनमा १ लाख १६ हजार ३१९, खाजामा ९६ हजार ६६० र मसलवन्दमा ३५ हजार खर्च भएको विवरणमाजनाइएको छ । कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको विवरणमा उल्लेख छ ।

