इटहरी । सहितशान्तिनगर इग्लिस स्कुलले आयोजना गरेको एक दिने इफेक्टिभ प्यारेन्टिङ कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकाहरुको सामाजिक , शारीरिक, मानसिक र भावनात्मक विकास गराउनमा अभिभावकहरु कसरी लाग्नुपर्छ  भन्ने विषयमा परामर्श प्रदान गरिएको थियो । अभिभावकहरूले प्यारेन्टिङको विषयमा धेरै कुरा जानेको भएपनि दैनिक जीवनमा वेवास्ता गरिएका कतिपय कुराबारे सजग गराईएको थियो ।

शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको आवश्यकता र औचित्यमाथि विद्यालयका प्रिन्सिपल उत्तम पौडेलले प्रकाशपार्नु भएको थियो । झण्डै ५ घण्टा चलेको उक्त कार्यक्रमको विचविचमा अभिभावकहरुलाई विभिन्न खेलका माध्यमबाट रमाइलो गराउँदै कार्यक्रमको सहजीकरण शैक्षिक परामर्शदाता साथै लामो समय देखि शैक्षिक क्षेत्रमा अनुसन्धानरत निर्मला पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका सञ्चालक ,शिक्षक तथा कर्मचारीको पनि सक्रिय सहभागिता रहेको थियो । कक्षा १० सम्म सञ्चालनमा रहेको शान्तिनगर इङ्ग्लिस स्कुल पछिल्लो समय संस्कार र सिप सहितको शिक्षामा अव्वल बन्दै आएको छ ।