धरान | चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनबाट सुबास संकल्प श्रेष्ठ(खेमराज) अध्यक्षमा चयन भएका छन्।

आज धरान–१५ स्थीत होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा(रश्मी), कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्।

सदस्यहरुमा रबिन काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिप तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ, विशाल काफले चयन भए। 

यसैगरी प्रदेश प्रतिनिधीमा एनएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की, सुमन भट्टराई र केन्द्रिय प्रतिनिधि बिनोद विश्वकर्मा र आरती थापा(रश्मी) चयन भए। 

चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्ष विनोद विश्वकर्माले संस्थाको गतिविधिसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरे।

संघका केन्द्रिय सदस्य तथा प्रदेश ईन्चार्ज नरेन्द्र बस्नेत निर्वाचन मण्डलको संयोजक रहेको अधिवेशनमा सदस्यहरुमा संघकी कोशी प्रदेश अध्यक्ष सन्जु राई र नेपाल पत्रकार महासंघ सुनसरी सदस्य रोहित राई रहेका थिए। 

धरान उपमहानगर पालिकाका कार्यबाहक प्रमुख अईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बा, याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बो, उपाध्यक्ष दिलु सुब्बालगायतको उपस्थीति रहेको थियो।