इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ निर्माण गरिएको आधुनिक सार्वजनिक शौचालयको औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

वराहक्षेत्र नगरपालिका र जेएफपीआरको सहयोगमा निर्माण गरिएको उक्त शौचालयमा महिला, पुरुष र अपाङ्गमैत्रीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले शौचालयको समुद्घाटन गर्नुहुँदै यसले स्थानीयवासीलाई सहज, सुरक्षित र स्वच्छ सुविधा उपलब्ध गराउने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष कृष्ण कुमार महतोले यस शौचालयले मधुवन बजार क्षेत्रको स्वच्छताको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा वडा सदस्यहरू, स्थानीय समाजसेवी, शैक्षिक एवं बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम वडा सचिव पंकज रामले सञ्चालन गर्नुभएको थियो ।