इटहरी | करिब २२ वर्षदेखि रेडिमेड व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आउनु भएका दामोदर रिमाल रेडिमेड व्यवसाय संघ इटहरीको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
संघको हालै सम्पन्न बैठकले रिमाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। इटहरीमा १४ वर्षदेखि सफल व्यवसायीका रूपमा परिचित रिमालको अनुभव, नेतृत्व क्षमता र व्यवसायिक योगदानलाई मध्यनजर गर्दै संघका सदस्यहरूले उहाँलाई नेतृत्व सुम्पिएको बताएका छन्।
नवनिर्वाचित अध्यक्ष रिमालले संघअन्तर्गतका व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले व्यवसायीहरूबीच सहकार्य, एकता र समन्वयलाई अझ मजबुत बनाउनेतर्फ विशेष ध्यान दिने बताउनुभएको छ।


