इटहरी  । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का दुई जना युवालाई सुनसरीको इनरुवा नगरपालिका–४ बाट ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ करिब ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका २१ वर्षीय अनिष तामाङ र २२ वर्षीय राघव राईलाई शंका लागेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शरीर खानतलासीका क्रममा अनिषको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने ४।

३४ ग्राम पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।