इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको बताउनु भएको छ।सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का समर्थकबाट यस्तो धम्की आएको दाबी गर्दै तस्बिर सार्वजनिक गर्नु भएको हो । उहाले राखेको स्क्रिनसटमा ‘सुनिता खड्का’ नामको आईडी देखिएको छ । साम्पाङले धम्की दिने व्यक्तिविरुद्ध आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिने तयारी गरिरहेको जानकारी दिनुभएको छ । आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यस्तो धम्की आएको उहाको भनाइ छ । साम्पाङले सरकारलाई जनताको प्रश्नदेखि किन डराएको भन्दै संसद बैठक बोलाउन समेत माग गर्नु भएको छ।