इटहरी । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ । कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई समिति अध्यक्षमा नियक्त गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई चारवर्षे कार्यकालका लागि जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा नियुक्त गरेको हो । विकास बोर्डले बिहीबार ताप्लेजुङसहित कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।

जिल्लाको पुरानो क्लब कञ्चनजङ्घा फुङ्लिङ क्लबको लामो समयसम्म नेतृत्व गरी हाल सो क्लबको संरक्षक रहनुभएका थेबे नेकपा ९एमाले० को सिफारिसमा समितिको अध्यक्षमा नियुक्त हुनुभएको बताइएको छ । उहाँ चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्षसमेत हुनुहुन्छ । यसअघि खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा नरेन्द्रकुमार लिम्बू ९गणेश० रहनुभउको थियो ।