इटहरी । पूर्वीहटलाइन दैनिकको आयोजनामा असार १३ गते शनिबार इटहरी–९ स्थित जनता माविको सभाहलमा सम्पन्न नेपाली हिज्जे प्रतियोगितामा इटहरी–४ मा अवस्थित विश्वआदर्श मावि पहिलो भएको छ ।
प्रतियोगितामा इटहरी–६ मा अवस्थित मोर्डन प्रिपेरोटरी मावि दोश्रो भएको छ भने इटहरी–१६ मा अवस्थित सरस्वति जब्दी मा.वि. तृतिय भएको छ । मकालु पुस्तक पसल इटहरीका प्रोप्राइटर तीर्थराज भण्डारीको प्रमुख आतिथ्यता तथा पूर्वीहटलाईन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजक भाषासेवी तथा पुर्वीहटलाईन दैनिकका स्तम्भकार दिनेश पौडेल रहनुभएको थियो ।
सो नेपाली हिज्जे कार्यक्रममा पूर्व शिक्षक, हेमन्त गौतम, विश्वआर्दश माविका सहभागि विद्यार्थी मेघा राठी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा पूर्वकर्मचारी घनश्याम गिरी, पूर्वकर्मचारी एवं पूर्वीहटलाइन दैनिकका स्तम्भकार सरोज कार्की र पूर्वीहटलाईन दैनिकका सम्पादक÷प्रकाशक रमेश लुइँटेल लगायतको उपस्थिति थियो।
नगर स्तरीय नेपाली हिज्जे प्रतियोगितामा पिसजोन बोर्डिङ स्कूल, बालविकास बोर्डिङ स्कूल, जनता मावि, कविर माध्यमिक विद्यालय, गार्डेन एकाडेमी, सहिद स्मृति मावि लगायतका विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।


