फरवार्डका संस्थापक स्वर्गीय दिनेश कुमार चौधरीको १९औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। स्वर्गीय चौधरीको दूरदर्शी सोच, समाजप्रतिको समर्पण र प्रेरणादायी योगदानको सम्मानस्वरूप आयोजित कार्यक्रममा विभिन्न स्थानमा बिरुवा रोपेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।भगबती चाैधरीका अनुसार रोपिएका प्रत्येक बिरुवा हरियाली प्रवर्द्धनको प्रतीक मात्र नभई स्वर्गीय चौधरीका आदर्श, सेवाभाव र समाजप्रतिको योगदानलाई भावी पुस्तासम्म जीवित राख्ने संकल्पसमेत हो।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय दिनेश कुमार चौधरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले देखाएको समाजसेवा, विकास र वातावरण संरक्षणको मार्गमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।  "रुख रोपौँ, प्रकृति जोगाऔँ — स्मृतिलाई कर्ममार्फत अमर बनाऔँ।" भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले वातावरण संरक्षणसँगै समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

734546072_1439733114581258_6803362263768922751_n