इटहरी । ताप्लेजुङमा यस वर्ष धान रोपाइँ वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ वृद्धि भएको हो ।

गत वर्षको यही अवधिमा १७।८५ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको हालसम्ममा करिब २५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा भएकाले धेरै रोपाइ हुन सफल भएको हो । विगतका केही वर्षको तुलनामा यस वर्ष समय अगावै वर्षा भएकाले रोपाइँँ पनि धेरै  भएको केन्द्रका निमित्त कार्यालय प्रमुख कृषि प्रसार अधिकृत विजय श्रेष्ठले बताउनुभयो ।

गत वर्ष समयमै वर्षा नहुँदा कृषकले समयमै धान रोप्न पाएका थिएनन् । जसका कारण कम मात्रामा धान रोपाइँ भएको केन्द्रले जनाएको छ ।