इटहरी । पाँचथरको फिदिम नगरपालिका–४, माझीटारमा अटोे दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन । 

घाइते हुनेमा अटो चालक फिदिम नगरपालिका–२, ओदिन निवासी ५० वर्षीय दीपक सुब्बा त्यसै गरी ६० वर्षीय कुबेर तुम्बापो, ७७ वर्षीय दलप्रसाद तुम्बापो, ३५ वर्षीय कैलाश सुब्बा, ६० वर्षीय राम आङदेम्बे र ७२ वर्षीय वीरबहादुर लिम्बू रहेको पाँचथर प्रहरीले जनाएको छ  ।

फिदिमबाट माझीटारतर्फ जाँदै गरेको प्र।१–०३–००१ स। ०१११ नम्बरको अटो  मङ्गलबार दिउँसो १२ बजे आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो  । दुर्घटनामा परेका घाइते मध्ये दुई जना कुबेर तुम्बापो र दलप्रसाद तुम्बापोलाई पाँचथर जिल्ला अपतालबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएकोे पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभएको छ ।

बाकी चार जना घाइतेको अवस्था सामान्य रहेको र दुर्घटनाग्रस्त अटोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।