इटहरी। पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ मा विनियोजित कुल बजेटमध्ये ८२।७४ प्रतिशत खर्च भएको जनाएको छ।
आर्थिक वर्षको अन्तिम दिन ९असार २५ गते बिहीबार मध्यरात० जारी गरिएको प्रेस विज्ञप्तिअनुसार चालुतर्फ ८७।०५ प्रतिशत र पुँजीगततर्फ ७२।४५ प्रतिशत बजेट खर्च भएको छ। दुवै शीर्षकको खर्च जोड्दा कुल बजेट खर्च ८२।७४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन गरिएका सबै कार्यक्रम तथा योजनाको कार्यान्वयन सम्पन्न गर्दै विनियोजित बजेट खर्च गर्न सफल भएको जनाएको छ।
खर्च विवरण सार्वजनिक गर्दै गाउँपालिकाले कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति, विकास साझेदार तथा स्थानीय नागरिकप्रति आभार व्यक्त गरेको छ।आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गर्नु स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्ने महत्वपूर्ण अभ्यास भएको गाउँपालिकाले उल्लेख गरेको छ।
प्रेस विज्ञप्तिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल र आर्थिक प्रशासन शाखा प्रमुख विपिन निरौलाको हस्ताक्षर रहेको छ।

