इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयले बाल दिवस तथा बुबाको मुख हेर्ने दिनको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना बुवालाई ढाका टोपी लगाइदिँदै सम्मान गर्नुका साथै बुबाको मुख हेर्ने संस्कारलाई संरक्षण र प्रवद्र्धन गरेका हुन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमको वातावरण थप उल्लासमय बनेको थियो।

विद्यालयका क्याप्टेन नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि  पथरी शनिश्चरे–२ का वडा सदस्य चन्द्रकुमार राई , विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेन, शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, भुटानी शरणार्थी शिविरका सचिव करण राई, समाजसेवी मधु काङवाङ लगायत विभिन्न अतिथि, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।